१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल थिइन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गरेका थिए ।

यसअघि प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुखमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राखेको अर्को प्रस्तावको पक्षमा २० मत र विपक्षमा २८ मत परेको थियो । रावलको समर्थकमा कांग्रेसका पृथ्वीबहादुर सिंह थिए ।

उक्त प्रस्तावमाथि भएको मत विभाजनमा कांग्रेसका दिवानसिंह विष्ट, ललिता सुनार, गीतादेवी चौधरी र माओवादी केन्द्रकी लक्ष्मी विक अनुपस्थित थिए । कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले रावलको पक्षमा मत जाहेर गरेका थिए ।

सभामुखको भूमिकामा रहेका शिवराज भट्टले भण्डारीको प्रस्तावको पक्षमा २९ मत परेको र उक्त मतसङ्ख्या बहुमत रहेकाले सभामुखमा उनी निर्वाचित भएको घोषणा गरेका थिए । सभामुखमा निर्वाचित भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

यसअघि गत पुस २८ र ३० गते बसेको प्रदेशसभाको बैठकमा उक्त दुवै प्रस्तावउपर कारबाही हुँदा कुनै पनि सदस्यको पक्षमा बहुमत सदस्य सङ्ख्या जुट्न नसकी प्रस्ताव अस्वीकृत भएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभाको सभामुखमा निर्वाचित हुन २७ जना मत आवश्यक हुन्छ ।

प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । तेस्रो पटक भएको मतविभाजनको निर्वाचनपछि मात्र प्रदेशसभाले सभामुख निर्वाचित गर्न सकेको हो । यसअघिको दोस्रो बैठकमा सत्तापक्ष नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तापक्षका सभामुखको उम्मेदवारलाई बहुमत सङ्ख्या पुग्न सकेको थिएन ।

यस्तै पहिलो बैठकमा सत्तापक्षकै एक सदस्यको मत बदर भएको थियो भने अर्का एक सदस्य अनुपस्थित रहेका थिए । पहिलो बैठकमा नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य पनि अनुपस्थित रहेका थिए । रासस