२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भावना र अभ्यासको संयोजन गरौँः मन्त्री उप्रेती



अ+ अ-

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “हामीसँग भावना छ, तपाईंहरूसँग अभ्यास छ, त्यसलाई संयोजन गरी परिणाम दिने गरी काम गरौँ ।”

समयानुकूल आफूलाई परिमार्जन गरी लोकतान्त्रिक र व्यावसायिक बनिरहेको नेपाली सेनाको गरिमामय सङ्गठनको ओजलाई जोगाउन आवश्यक रहेको बताउँदै मन्त्री उप्रेतीले सेनाको ठूलो सङ्ख्यामा रहेको सशस्त्र जनशक्तिलाई मुलुकको विकास र पूर्वाधार निर्माणमा लगाउनुपर्छ भन्ने आफ्नो भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

सर्लाही वरथहवा नगरपालिका स्थायी घर भई पिता गोविन्दप्रसाद र भोजकुमारी उप्रेतीको कोखबाट विसं २०२४ मा जन्मनुभएका नवनियुक्त मन्त्री उप्रेती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो ।

स्नातक तहको शिक्षा पूरा गरेर गाउँ फर्केर राजनीतिमा सक्रिय हुनुभएका उहाँसँग विसं २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव छ । रासस