१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भावना र अभ्यासको संयोजन गरौँः मन्त्री उप्रेती



अ+ अ-

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री हरि उप्रेतीले नेपाल र नेपालीको शिर ठाडो तुल्याउने ढङ्गबाट कार्यसम्पादन गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित रक्षामन्त्रालयमा पदवहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “हामीसँग भावना छ, तपाईंहरूसँग अभ्यास छ, त्यसलाई संयोजन गरी परिणाम दिने गरी काम गरौँ ।”

समयानुकूल आफूलाई परिमार्जन गरी लोकतान्त्रिक र व्यावसायिक बनिरहेको नेपाली सेनाको गरिमामय सङ्गठनको ओजलाई जोगाउन आवश्यक रहेको बताउँदै मन्त्री उप्रेतीले सेनाको ठूलो सङ्ख्यामा रहेको सशस्त्र जनशक्तिलाई मुलुकको विकास र पूर्वाधार निर्माणमा लगाउनुपर्छ भन्ने आफ्नो भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

सर्लाही वरथहवा नगरपालिका स्थायी घर भई पिता गोविन्दप्रसाद र भोजकुमारी उप्रेतीको कोखबाट विसं २०२४ मा जन्मनुभएका नवनियुक्त मन्त्री उप्रेती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठनबाट राजनीतिमा प्रवेश गर्नुभएको हो ।

स्नातक तहको शिक्षा पूरा गरेर गाउँ फर्केर राजनीतिमा सक्रिय हुनुभएका उहाँसँग विसं २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएर काम गरेको अनुभव छ । रासस