१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

महिला क्रिकेटः एपिएफ सुदूरपश्चिमसँग हार्यो

महिला क्रिकेटः एपिएफ सुदूरपश्चिमसँग हार्यो
अ अ+ अ-

काठमाडौँ । लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम प्रदेश र प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।

इटहरीको जनता पार्कमा सम्पन्न दिनको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई चार विकेट तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । दुवै टोली समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा पराजय भोगेको एपिएफ समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा अब समूह बी बाट उपविजेताको टुङ्गो लाग्न बाँकी छ । प्रदेश १ ले सबै खेलमा स्पष्ट जित निकाल्दै समूह विजेता बन्दा दोस्रो र तेस्रो स्थानमा समान २÷२ अंक जोडेका टोलीद्वय लुम्बिनी र मधेसबीचको भिडन्तपछि उपविजेताको टुङ्गो लाग्नेछ । दुवै टोली बुधवार प्रतिष्पर्धा गर्दैछन् ।

मंगलवार लगातार तेस्रो खेलमा सफलता निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशले एपिएफबाट पाएको ९२ रनको लक्ष्य निर्धारित २० ओभर सकिन चार बल बाँकी रहँदा ६ विकेटको क्षतिमा भेट्टायो । सुदूरपश्चिमका लागि डोली भट्टले सम्हालिएको प्रदर्शन गरिन् । ३८ बलको सामना गरेकी डोली भट्टले ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ र ऋतु कनोजियाले १० रन जोडे ।

कविता जोशी र रेवती धामी क्रमश ७ र ८ रनमा अविजित रहे । यसबाहेक अन्य खेलाडीको पनि राम्रो प्रदर्शन हुन सकेन । ६ विकेट निकाल्ने क्रममा एपिएफका लागि नेरी थापाले तीन तथा सुमन बिष्ट, इन्दु बर्मा र कप्तान सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको एपिएफले निर्धारत २० ओभरमा नौ विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित २६, रोमा थापाले १५, ज्योति पाण्डेले १४ र इन्दु बर्माले ११ रन जोडे । सुदूरपश्चिमका लागि कविता जोशीले तीन, ऋतु कनोजियाले दुई तथा कविता कुँवर र मनिषा चौधरीले समान एक विकेट लिए ।

समूह ए बाट सुदूरपश्चिमले तीन खेलबाट स्पष्ट ६ अंक बनाउँदा समूह विजेता बनेको हो । यस्तै समान तीन खेल बाट एपिएफले ४ अंक जोड्दै उपविजेता बनेको हो । क्रमश तेस्रो र चौथो स्थानमा रहेका वागमती प्रदेश र गण्डकी प्रदेशले दुवै खेल गुमाउँदा तालिकामा अंक विहीन छन् । यद्यपि दुवै टोलीले एक/एक खेल खेल्न बाँकी छ ।

यस्तै मंगलवार नै भएको दिनको पहिलो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित ग¥यो । कर्णालीले प्रश्तुत गरेको ४० रनको लक्ष्य प्रदेश एकले ४.५ ओभरमा कुनैपनि विकेट नगुमाई भेट्टायो । प्रदेश एकका लागि कप्तान रुबिना क्षेत्रीले अविजित २२ तथा काजल श्रेष्ठले अविजित १३ रन जोडे । ओसिलो मैदानका कारण टसमा ढिलाई भएपछि खेललाई ११ ओभरमा छोट्याइएको थियो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ११ ओभरमा पाँच विकेट गुमाउँदै ३९ रनको योगफल बनाएको थियो । कर्णालीका लागि रमा बुढाथोकीले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश एकका लागि ज्योति दनवार, रुबिना क्षेत्री, संगीता राई र काजोल राजवंशीले समान एक विकेट लिए ।

प्रतियोगितामा बुधवार समूह चरणका अन्तिम खेल हुनेछन् । दिनको पहिलो खेल मधेस प्रदेश र लुम्बिनी तथा दोस्रो खेल वागमती प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।