१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

मन्त्री विक्रम पाण्डेको प्रतिवद्धताः देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने

मन्त्री विक्रम पाण्डेको प्रतिवद्धताः देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन बिस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

मंगलवार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले नेपालको पश्चिममा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरुको तुइनबाट खोला तर्दा खोलामा खसेर मुत्यु भइरहेको भन्दै सबै भन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताउनुभएको हो । उहाँले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताउनु भयो ।

मन्त्री पाण्डेले अब नेपालको कालीगण्डी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनु भयो । उहाँले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताउनु भयो । मन्त्री पाण्डेले विकास निर्माणका काम के कारण रोकिएको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताउनु भयो ।

उहाँले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको बताउनु भयो । मन्त्री पाण्डेले शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रुपमा अगाडि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शहरी विकास मन्त्रालयमा गर्नु पर्ने कामको प्राथमिकताका आधारमा काम गर्छौं । त्यसका के कारणले विकास निर्माणको काम रोकिएको छ । कसरी समस्याको समाधान गर्ने र हुन नसकेका कामलाई छिटो भन्दा छिटो काम गर्ने र नयाँ योजनाहरु थप्दै जाने सोचेका छौं । काम शुरुवात भएर कसको कारणले काम हुन नसकेको हो । तत्काल कार्य अगाडि बढाउँछु । विकास निर्माणका काम ढिला हुन नदिनको लागि यो मन्त्रालय दिइएको हो । यो मन्त्रालयमा जे कुरा सुन्नुभएको छ । त्यो अब सुन्नुहुन्न ।

शहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ । शहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ । अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ । त्यो पूरा गरेर देखाउँछु । एक ठाउँबाट अर्को ठाउँमा जानको लागि पश्चिमतिर भएको दर्दानक तुइनबाट खेसेर मानिसहरुको मुत्यु भएको छ । त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन । त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ ।

त्यहाँ सबै भन्दा पहिला तुइन हटाएर झोलुङगे पुल बनाउनु काम पूरा गरिन्छ । हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल हुन्छ । क्रस गर्ने सुविधा नभएको ठाउँमा पुल हुन्छ ।’ उहाँले आफूले शहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गर्नुभयो ।