१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो ।

नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका लागि मात्र नभइ समग्र राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता र राष्ट्रको हितका लागि महत्वपूर्ण सावित हुनेछ । राष्ट्रको सम्मुन्नति र राष्ट्रितका पक्षमा अझ बढी योगदान पुग्नेछ ।”

रक्षामन्त्रालयलाई राष्ट्रको समग्रहित, रक्षा, प्रतिरक्षा तथा नेपाली सेनासम्बन्धी कानुन, नीति, तर्जूमा, अनुगमन, निर्देशन, वार्षिक कार्यक्रम र बजेट तर्जूको जिम्मेवारी छ ।

मन्त्रालयमा चार वटा महाशाखा र ८३ कर्मचारीको दरबन्दी छ ।