१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशः उपसभामुखमा राप्रपाकी खाण निर्विरोध



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएकी छन् ।

उपसभामुखमा उम्मेदवारी दर्ता गर्दा कांग्रेस र नागरिक उन्मुक्तिबाट पनि उम्मेदवारी परेको थियो । तर आज सबै जनाले फिर्ता लिएपछि उपसभामुखमा राप्रपाकी केसी निर्विरोध निर्वाचित भएकी हुन् ।

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

आज दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एकएक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरे । नेपाली कांग्रेसले गठबन्धनभित्रै अन्तरविरोध बनाएर जित्ने दाउमा उपसभामुखमा मात्रै उम्मेदारी दिएको थियो ।

यसअघि सोमबार मनोनयनको अन्तिम समयसम्म सभामुखमा माओवादीका तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए ।