१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि

सपथ लिए नयाँ मन्त्रीहरूले – फोटो फिचर

सपथ लिए नयाँ मन्त्रीहरूले  – फोटो फिचर
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गर्नुभएका नयाँ मन्त्रीहरुले सपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देनले उपप्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेबारी पाउनुभएको छ । राप्रपाबाटै विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानून मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रममन्त्री र डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशीला श्रीपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको सपथ लिनुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) बाट रक्षामन्त्रीमा हरि उप्रेती, परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्यमन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरीले सपथ लिनुभएको छ । एमालेबाट विनाविभागीय मन्त्री बन्नुभएका ज्वालाकुमारी साह कृषिमन्त्री र राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री बन्नुभएको छ ।

फोटो- प्रदिपराज वन्त /रासस