१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे शिक्षक हत्याः आरोपितको नामावली सार्वजनिक कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् आज सपथ गर्ने मन्त्रीहरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ ।

एमालेले डा. विमला राई पौडेललाई परराष्ट्र ,पदम गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिदैछ । यस्तै हरि उप्रेती र भगवती चौधरीको भने मन्त्रालय तय हुनु बाकि रहेको छ । नेकपा माओबादी केन्द्रबाटरेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्नु हुने छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने भएको छ ।

यसैगरी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्नु हुने छ ।अर्को एक मन्त्रालयमा भने नाम तय भै नसकेको राप्रपाले जनाएको छ ।