काठमाडौं । नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने भएको छ ।
एमालेले डा. विमला राई पौडेललाई परराष्ट्र ,पदम गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिदैछ । यस्तै हरि उप्रेती र भगवती चौधरीको भने मन्त्रालय तय हुनु बाकि रहेको छ । नेकपा माओबादी केन्द्रबाटरेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्नु हुने छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने भएको छ ।
यसैगरी राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री, ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्नु हुने छ ।अर्को एक मन्त्रालयमा भने नाम तय भै नसकेको राप्रपाले जनाएको छ ।