३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

राजनीति र कुटनीति एक व्यक्ति र विधा होइन, टिमको काम हो : परराष्ट्रविद् डा. शम्भुराम सिम्खडा (भिडियो सहित )

राजनीति र कुटनीति  एक व्यक्ति र विधा होइन,  टिमको काम हो : परराष्ट्रविद् डा. शम्भुराम सिम्खडा (भिडियो सहित )
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले लामो समयदेखिको कोलाहलपूर्ण राजनीतिलाई केही शान्त बनाउला कि भन्ने आशा आम मानिसले गरेका छन् । यो सँगै छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध सुधार हुने आशा पनि गरिएको छ । तर अब प्रधानमन्त्री देउवाले मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई कसरी सुधार्लान् भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री देउवामा मित्रराष्ट्र र छिमेकीराष्ट्रहरुसँगको छवि सुधार्ने चुनौति र अवसर छ । यसै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले पुर्व राजदुत एवंम् परराष्ट्रविद् शम्भुराम सिम्खडासंग कुराकानीको गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।  

  • नयाँ सरकार गठन भएको छ, वैदेशिक चासोको विषय त्यत्तिकै छ, अब यो सरकारको वैदेशिक सम्बन्ध र त्यसका प्राथमिकताहरु के के हुन सक्छन् ?

यसमा दुईवटा पक्ष धेरै नै महत्वपूर्ण छ । एउटा वैदेशिक सम्बन्ध वा कुटनीतिलाई आन्तरिक राजनीतिको प्रतिबिम्ब भनिन्छ । आन्तरिक राजनीतिको सम्बन्ध कुटनीतिमा अत्यन्त महत्वपूर्ण हुन्छ । दोश्रो नेपालको परराष्ट्रनीतिका केही मुलभूत आधारहरु छन् । परराष्ट्रनीति भनेको कन्टीन्यूटीमा चल्ने विधा हो । अर्को सरकार आयो, भनेर नीति परिवर्तन हुँदैन । परम्परागत परराष्ट्रनीतिका मुलभूत आधारमा टेकेर अहिलेको सरकारले सबैभन्दा पहिला कुटनीति दुईवटा एरियामा कन्सटेट गर्नुपर्छ । एउटा भ्याक्सिन कुटनीति नै भनौँ । अहिलेको सबै जनताको चाहना आवश्यक्ता र खाँचो भनेकै जनताले यथाशीघ्र खोप लगाउनु पर्यो र आफूलाई सुरक्षित फिल गर्नुपर्यो । यो पहिलो प्राथमिकता हो ।

दोश्रोमा विकास कुटनीति भनौँ वा आर्थिक कुटनीति । कोभिड महामारीले अत्यन्त पीडित जनता र थलिएको अर्थ व्यवस्था । जनतालाई पनि राहत चाहिएको छ । राहत दिनका लागि आर्थिक पक्षलाई सबल र चलायमान बनाउन आवश्यक छ । यो दुवैको लागि एकदमै सक्रिय र प्रभावकारी कुटनीति अत्यावश्यक छ । व्यापार, रेमिट्यान्समा निर्भर हाम्रो कुटनीतिले वैदेशिक रोजगारीमा प्रभाव लगायतलाई प्रभावकारी बनाउने बित्तिकै यथाशीघ्र भ्याक्सिनको उपलब्धता गराउनु पर्छ । अर्थ व्यवस्थालाई चलायमान गर्नको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि त्यत्तिकै आवश्यक छ । सरकारले कोरोनाविरुद्धको भ्याक्सिन आफ्नो पहिलो प्राथमिकता भनेर घोषणा पनि गरिसकेको छ ।

यो तत्कालको कुरा मात्रै हो । यो भन्दा पहिलाको हाम्रो स्थिती आन्तरिक राजनीतिको अनिश्चितता थियो । हामीले भोगिरहेको राजनीतिक संक्रमणको व्यवस्थापन उत्तेजित, इमोशनल, पोलोराइज र राजनीतिक शक्तिहरुको बीचमा टकराव भएर सम्भव हुँदैन । त्यसका लागि एउटा यस्तो व्यक्तिको आवश्यक्ता छ, जसले कोलेशन बीड गर्नसक्छ । जो माइल्ड किसिमको व्यवहार गर्नसक्छ । आज एउटा कुरा र भोलि अर्को कुरा ,एक ठाउँमा गयो एउटा र अर्को ठाउँमा गयो अर्को कुरा गरेर अहिलेको संसारमा प्रभावकारी कुटनीति हुँदैन । परम्परागत रुपमा पहिला राजदूतलाई आफ्नो देशको राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका निम्ति ढाँट्नलाई बाहिर पठाएको भन्ने चलन थियो । तर अब त्यसरी कुटनीति चल्दैन अहिलेको कुटनीति भनेको विश्वास, विश्वसनीयताको आधारमा चल्छ । त्यो हिसावले हेर्ने हो भने वर्तमान प्रधानमन्त्री अरु कमीकमजोरीका कुरालाई छोडेर एकदमै उत्कृष्ट हुनुहुन्छ ।

प्रधानमन्त्री नियुक्त भएपछि सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु हेर्दा विगतको अनुभवका कारण हामीमा धेरै चिन्ता, शंका रहेको छ तर उहाँको स्वभाव परराष्ट्रनीतिमा अत्यन्त उपयोगी किसिमको छ । धेरै बोल्नुहुन्न, प्रोफेसनलहरुको भर पर्नुहुन्छ, त्यो हिसावले तत्कालका यी दुई प्राथमिकता हुँदाहुँदै पनि अरु धेरै महत्वपूर्ण प्राथमिकताहरु छन्, ति प्राथमिकतालाई अघि बढाउन यो अनिश्चितताको परिवेशबाट एक किसिमको निश्चितताको नेतृत्व उहाँमा छ । त्यसैले पनि वर्तमान सरकारमा परराष्ट्रनीतिका सहजताको माहोल छ ।

  • झण्डै बाटो विराएको जस्तो अवस्थामा पुगिसकेको कुटनीतिलाई शान्त स्वभावको व्यक्तिले कसरी समन्वय गर्ने, यसमा केही सुझाव छन् कि ?

छन् । पहिलो कुरा त हाम्रो मुलभूत आधार भनेको सबैसँग मित्रता हो । यो आधारमा टेकेर केही प्राथमिकता निर्धारण गरेका छौँ । यी मध्ये पहिलो प्राथमिकता भनेको दुई विशाल र अत्यन्त शक्तिशाली छिमेकीहरुको  बीचमा भएको हुनाले उनीहरुसँगको विश्वसनीयताको कुटनीति हो । विश्वसनीयताको आधारमा हाम्रा मुलभूत आवश्यक्ताहरु के के हुन्, हाम्रा चाहनाहरु के हुन्, उनीहरुका आवश्यक्ताहरु के हुन्, उनीहरुका चाहनाहरु के हुन्, यी दुई वटाकै बीचमा सामञ्जस्य कसरी ल्याउने ? ताकि हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ उनीहरुसँगको सम्बन्धबाट उनीहरुको पनि पूर्ति हुन्छ र हाम्रो पनि पूर्ति हुन्छ । मुल कुरा छिमेकीसँगको सम्बन्धमा उच्चस्तरमा एक किसिमको विश्वसनियताको वातावरण बनाउनुपर्छ ।

दोश्रो कुरा, त्यसपछि नेतृत्वले निर्धारण गरेको वृहत मार्गदर्शन छ, त्यो मार्गदर्शनअन्तर्गत अत्यन्त प्रभावकारी किसिमबाट त्यसलाई सञ्चालन गर्न सक्ने उहाँको टिम बन्छ । परारष्ट्रमन्त्री, परराष्ट्र सल्लाहकार, परराष्ट्रको टिम अत्यन्त सक्रिय र पोख्त किसिमको छ । अहिलेको विश्व राजनीतिक र रणनीतिक बदलिँदो व्यवस्थामा यो क्षेत्रको महत्व, त्यसमा पनि हाम्रो हिमालको दक्षिण भाग, नेपालको परम्परागत भू राजनीतिक संवेदनशीलता र त्यो संवेदनशीलताका आधारमा परिवर्तित कुराहरु के के हुन् ? त्यस्तोलाई राम्रोसँग नेतृत्व गर्न सक्ने सहयोगी टिम चाहिन्छ । यो दोश्रो कुरा हो ।

तेश्रो कुरा, हाम्रा जति पनि देशहरुसँग मुल विषयहरु छन्, एउटा भ्याक्सिनकै कुरा छ, भारतबाट आउने भनेको आइसकेको छैन । कुटनीति तवरबाट प्रभावकारी रुपमा भारत सुरक्षित हुनलाई नेपाली पनि सुरक्षित हुनुपर्छ, नेपालीले पनि खोप पाउनुपर्यो । भारतीयहरुले पनि पाउनुपर्यो । नेपाललाई खोपको प्राथमिकतामा राख्नु भारतका लागि आफ्नै हितमा छ भन्ने कुरा एक नम्बर भयो । चीनले अहिले विश्वव्यापी रुपमा यति धेरै भ्याक्सिन उपलब्ध गराइसकेको छ कि, हिजो नै हाम्रो प्रभावकारी कुटनीति भएको भए, हाम्रो जस्तो सानो आपूर्ति परिपूर्ति गर्नलाई चीनलाई त्यति ठूलो कुरा थिएन ।

पहिला त हामीले चीनसँग भ्याक्सिन नै लिने कि नलिने अलमलमा बस्यौँ । अहिले बाध्य भएर चीनसँग पनि सम्झौता भएको छ । भ्याक्सिन समयमा पाउनु आवश्यक्ता हो र त्यस बारेमा छलफल हुनुपर्यो । त्यो बाहेक अरु व्यापार घाटा लगायतका विषयहरु पनि छन्, सीमाका विषय छन्, अब अहिले बाढीको कुरा छ, वर्षातको समय छ, यता पानी पर्छ, बाढी आउँछ, उता पनि क्षति हुन्छ । यी यावत विषयहरुमा प्रभावकारी रुपमा पहिला नेतृत्वले मार्ग निर्देशन गर्दछ, सहयोगी टिमले राम्रो र प्रभावी गृहकार्य गर्छ र त्योबाट दुई देशसँग कुटनीति सञ्चालन हुन्छ । यसरी हाम्रो सम्बन्धलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छौँ ।

  • शेर बहादुर देउवा आफैँमा नयाँ व्यक्ति होइन, पाँचौ पटक प्रधानमन्त्री बन्नुभएको छ, उहाँसँग व्यक्तिगत रुपमा पनि अन्तर्राष्ट्रिय सम्बन्धहरु छन्, यसलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

उहाँको विश्वसनियता छ । उहाँ जे कुरा भन्नुहुन्छ, त्यो गर्नुहुन्छ, नहुने कुरा भन्नुहुन्न । फल्स पनिस्मेन्ट दिँदै जानुहुन्न भन्ने एउटा जुन छाप छ, त्यो कुटनीतिको लागि अत्यन्तै सकारात्मक छ । अब दोश्रो कुरा, अहिले संसारमा चर्चित इतिहासकार युवाल न्हो होरारी छन् । उनका तीनवटा पुस्तक संसारमै सबैभन्दा उत्कृष्ट छन् । छेपियन्ज, ट्वान्टी वान फर्मुला फर द ट्वान्टी वान सेञ्चुरी, २१ औँ शताब्दीको लागि २१ वटा मुल मन्त्रहरु भन्ने दोश्रो र तेश्रो होमो ड्यूज भन्ने छ ।

यो भनेको प्रविधिबाट कसरी मानिस भगवान बन्न खोज्दै छ ? भन्ने पुस्तकमा उनले मानिसले किन इतिहास पढ्छ भनेँ त्यसैको बन्दी हुन होइन, त्यसबाट मुक्ति पाउन पढ्छ भन्ने लेखिएको छ । यसको मतलब पुरानै कुराहरु दोहोरिने हुन् कि भनेर विगतमा भएका कमी कमजोरीहरुले मानिसमा शंका छ, चिन्ता छ । यसको मतलव इतिहासले हामीलाई पाठ सिकाउँछ । सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा जीमा पहिलो त अनुभव छ, अनुभवको छोटकरी छँदै छैन । अनुभव भनेको स्वयंले भोगेपछि मात्रै थाहा हुन्छ । दोश्रो पक्ष उहाँले इतिहासमा के के राम्रा पक्षहरु भए र के के कमी कमजोरी भए ? त्यो अनुभूत गर्ने बेला छ । राजनीति र कुटनीति भनेको एक व्यक्ति र विधा होइन, यो टिमको काम हो । नेतृत्वले भिजन दिन्छ, त्यसलाई रुपान्तरण गर्ने र कार्यरुप दिने टिम नै हो ।

अब टिम कस्तो आउँछ । कुटनीतिको हिसावले एकदमै सहज व्यक्तित्वलाई हामीले नेतृत्वमा पाएका छौँ । तर सफलताको कसी भनेको उहाँले कस्तो टिम बनाउनु हुन्छ, त्यसमा निर्भर रहन्छ । अहिलेको विश्व राजनीति बुझेको र त्यसकै आधारमा यसलाई प्रभावकारि रुपमा व्याख्या गर्न सक्ने, सञ्चालन गर्न सक्ने, आफ्ना कुरा राख्न सक्ने, वहाँको भिजनलाई राम्रोसँग लागू गर्न सक्ने यस्तो टिम भयो भने उहाँको कार्यकाल सफल बन्नेछ । उहाँ अहिले छोटो र कठीन स्थितीमा प्रधानमन्त्री बन्नुभएको छ । तर त्यति हुँदाहुँदै पनि प्रत्येक बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ चुनौतिसँगै अवसर पनि छ । कोरोनालाई निस्तेज बनाउँदै निश्चित दिशामा देशलाई लैजाने र अन्तर्राष्ट्रिय कुटनीतिमा पनि प्रभावकारी रुपमा नयाँ दिशा र थालनी हुनसक्छ भन्ने विश्वास राख्छु ।

  • प्रधानमन्त्रीको सल्लाहाकारको टिममा पर्नुभयो भने तपाईका कार्यसूची के के हुनसक्छन् ?

एक नम्बरमा तत्काल भ्याक्सिन । दोश्रोमा विकास कुटनीति, हाम्रो सम्पूर्ण ध्यान देश र जनताको विकासमा केन्द्रित हुनेछ । त्यसको लागि सरकारलाई खोप लगाउने सहयोगको भुमिका छ । तेश्रोमा हाम्रो सानो देश दुई ठूला छिमेकीको बीचमा भएकाले विश्वासको कुटनीति रहेको छ । कहिलेकाहीँ छिमेकीलाई प्राथमिकता दिँदा अरु मित्र राष्ट्रहरुले हामीलाई हेला गरेको हो कि भन्ने पार्नुहुँदैन । सबैभन्दा पहिला हामीले बेलायत, त्यसपछि अमेरिकालाई  मित्रराष्ट्र बनाएका थियौँ । यी हाम्रा परम्परागत मित्रहरुलाई पनि तपाईहरुको सहयोग र तपाईहरुको मित्रतालाई हामीले अत्यन्त महत्वका साथ अघि बढाउन चाहन्छौँ भन्ने चौथो पाटो हो । यसमा संयुक्त राष्ट्रसंघ छ, यसको बडापत्र र संलग्नता । जुन हाम्रो कुटनीतिको आधारशीला हो ।

यी सिद्धान्तहरु भएकोले राष्ट्रसंघमा हाम्रो प्रभावशाली भूमिका भयो भने धेरै हदसम्म कुटनीति सफल हुन्छ । किनभने हाम्रो २०,३० वटा देशमा मात्रै दुतावास छ । त्यसैले राष्ट्रसंघबाट संसारभर सञ्चार प्रवाह हुन्छ । हाम्रो कुटनीति कस्तो छ ? हाम्रो व्यक्तित्व कस्तो छ ? हाम्रो सरकारको दृष्टिकोण कस्तो छ भन्ने हुन्छ । त्यसैले राष्ट्रसंघमा अत्यन्त प्रभावकारी भूमिका आवश्यक छ । त्यस्तै क्षेत्रीय सहयोग । अहिले हाम्रो छिमेक वरपर भएका सद्भावहरु प्रयोग गरेर हाम्रो राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई अघि बढाउनुपर्छ ।