• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित

एमालेमा मन्त्री छनोट गर्ने जिम्मा ओलीलाई



काठमाडौँ । नेकपा एमालेले सरकारमा सहभागी गराउने मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । कसलाई मन्त्री बनाउने भन्ने बारेमा अध्यक्ष ओली आफैंले निर्णय गर्नेछन् ।

एमाले स्रोतका अनुसार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले ओलीलाई मन्त्री छान्न सहयोग गर्नेछन् ।

एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ । आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ । यस्तै किरण साह राज्यमन्त्री हुने सम्भावना रहेको छ ।

मन्त्री हुन लागेका गिरी पर्वत, चौधरी सुनसरी, उप्रेती सर्लाही र अधिकारी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । साह रौतहटबाट स्वतन्त्रबाट जितेर एमाले प्रवेश गरेका थिए ।

एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ । आज नियुक्त हुने मन्त्रीहरुले दिउँसो १ बजे शपथ लिने तय भएको छ ।