१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनमा लाग्न एमाले महासचिवको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

अनेरास्ववियुले सोमबार आयोजना गरेको ‘स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रम’ मा उनले स्ववियुको आफैँमा नेतृत्वको विकासको फोरमको रुपमा रहेको भन्दै एक दशकदेखि हुन नसकेको स्ववियु निर्वाचन गराउन सबै लाग्नुपर्ने भनाइ राखे ।

“स्ववियु निर्वाचन तोकिएको समयमा हुनु पर्दछ,” उनले भने, “स्ववियु निर्वाचन टुटने क्रममा नेतृत्व उत्पादन पनि टुटेको छ । नेतृत्व खारिएर निर्माण हुने प्रक्रियाभन्दा पनि एकप्रकारकोे लहरले नेतृत्व निर्माण भइरहेको छ ।”

“हामीलाई कहिले संविधानवाद र कहिले संसद्वाद भनेर जनतासमक्ष जान रोकिन्छ । लोकतन्त्र भनेको जनताबाट म्यान्डेड प्राप्त गरेर गर्ने शासन व्यवस्था हो । एमाले सधैँभरि जनतामाथि भरोसा गर्ने पार्टी हो,” उनले भने, “जनतालाई केन्द्रविन्दुमा राखेर शासन गर्ने पार्टी एमाले हो ।”

राजनीतिक परिवर्तनले समाजको आकाङ्क्षालाई पूरा गर्न नसक्ने भन्दै उनले राष्ट्रिय पूँजीको निर्माण भएपछि मात्र मुलुकमा समाजवादको निर्माण हुने बताए । एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले विद्यार्थी आन्दोलन जोगाउन स्ववियु निर्वाचन अनिवार्य भएको बताए ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले त्रिविले तोकेको समयमा नै अनेरास्ववियु निर्वाचनमा होमिएको बताइन् । त्रिविले आगामी चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन मिति तोकेको छ । रासस