५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित



अ+ अ-

मकवानपुर । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।

आजको प्रदेशसभामा एक सय १० सदस्य रहनुभएकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित हुनुभएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाल्नुभयो । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प¥यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्थ्यो । रासस