• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकीको उपसभामुखमा एमालेकी बिना थापा निर्वाचित



पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित भएकी छन् ।

सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित थापाले ३२ मत ल्याएर निर्वाचित भएकी हुन् । यस्तै, उनकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाइन् ।

थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाएकी छन् । कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाइन् । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।

गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका थिए । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको छ ।