२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा पनि सरकारमा सहभागी हुने



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा सहभागी हुने भएको छ ।

लोसपाले पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । सरकारमा उसलाई एक मन्त्रालय दिइने बताइएको छ । प्रतिनिधिसभामा लोसपाका ४ सांसद छन् ।

बालकोटमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा दुवै नेता लोसपालाई सरकारमा ल्याउन सहमत हुनुभएको थियो ।