२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटना: शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने



फोटोः रासस
अ+ अ-

काठमाडौँ । कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले भोलि मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

आज बिहान १० :३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।