२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाको कारण र उद्धार अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने यती एयरको जहाज पोखरामा भएको दुर्घटनाको वस्तुस्थिति बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको विमान ११ बजेर १० मिनेटमा पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीहरुसँग जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विमानस्थलका कर्मचारीहरुले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले प्रभावकारी रुपमा उद्धारमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।

दुर्घटना सम्बन्धमा अहिले १ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।