१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
Latest
धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना पहलगाम हमलाः हनिमुन मनाउन गएका जोडीको वियोग, नाम सोधेर आतंककारीले गोली हाने विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिनुभयो ।

अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी लिइरहनुभएको छ । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ । रासस