१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताउनुभएको छ ।

आईतवार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभएको हो ।

उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताउनु भयो । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘पूर्वीय सभ्यताको आधारशीला योग र ध्यान, आध्यात्मिक चिन्तनलाई मानिन्छ । अहिले पूरै संसार नै योग र ध्यानतिर आकर्षित र केन्द्रित छ । पूर्वीय सभ्यताको पनि नेपालका त्यसको धरोहर हो भन्न पाउँदा हामी सबै नेपालीहरुलाई गर्वको महशुस हुन्छ । हाम्रो इतिहास, संस्कृति, परम्परामा योग र ध्यान सँगै नै अन्तर्निहीत रहेका छन् । हाम्रो सांस्कृतिक धरोहरहरु हे¥यो भने मठ,मन्दिर, गुम्बा सबैमा पनि योग आधारित भएर बनेका थिए । त्यसकारण नेपालमा योग, ध्यान र आध्यात्मिक चिन्तनको परम्परा धेरै पुरानो परम्परा हो । हाम्रो संस्कृति, सम्पदा र पहिचानको आधार हो ।’

‘संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने भनेपछि संसारभर नै जिज्ञासा र अभिरुची बढेको छ । भौतिक रुपले धेरै नै विकसित भनेका देशमा पनि मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेशनतिर जाने गरेका छन् । भातिक रुपले सम्पन्न र विकसित देशहरुमा तथ्यांकहरु हेर्दा मानसिक रुपले कमजोर भएको तथ्यांकहरु धेरै छ । आत्महत्यका तथ्यांकहरु त्यहाँ नै बढी छन् । मानव जातीका लागि भौतिक विकासले मात्रै मानव जातिको रक्षा गर्न सक्दैन । मानवका लागि भौतिकका साथै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य छ । त्यस खालको सन्तुलन कायम गर्न योग र ध्यान सर्वोत्तम उपाय हो भन्ने कुरा वैज्ञानिक रुपले प्रमाणित भइसकेको छ । भौतिक रुपले मात्रै सम्पन्न गराउने नभइ मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्छौँ ।’

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पु¥याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताउनु भयो ।