२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन



अ+ अ-

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । सिंहको भारतीय समयअनुसार गएराति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो ।

एम्स अस्पतालले विज्ञप्ति जारी गरेर पूर्व प्रधानमन्त्री सिंहको निधन भएको जानकारी दिएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई हिजै बिहान अस्पताल भर्ना गरिएको थियो ।

सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको मोदीले लेखेका छन् । साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्तमन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको मोदीले लेखेका छन् । भारतको प्रधानमन्त्रीको रूपमा सिंहले भारतीय जनताको जीवन सुधारमा व्यापक प्रयास गरेको भन्दै मोदीले पूर्व प्रधानमन्त्री सिंहलाई स्मरण गरेका छन् ।

सिंह सन् २००४ मा पहिलो पटक र सन् २००९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री बनेका थिए ।