२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य: प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले माघीको शुभकामना दिँदै जनादेशको जगमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत पाएको वर्तमान सरकारले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्प व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।