१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन
फाइल फोटो
अ अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन् ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको मत विभाजनमा ‘हुन्न’ भन्ने पक्षमा २२ मत र ‘हुन्छ’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उहाँको समर्थकमा पृथ्वीबहादुर सिंह हुनुहुन्छ ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा (एमाले) की जानकी ऐर बमले राख्नुभएको अर्को प्रस्ताव उपर भएको मतविभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २२ र ‘हुन्न’ भन्ने पक्षमा पनि २२ मत परेको छ । उहाँको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी माल हुनुहुन्छ ।

आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित हुनुहुन्थ्यो । नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बस्नुभएको थियो । सभामुखको भूमिकामा रहनुभएका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिनुभएन ।

सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ ।

यसअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो ।

उक्त दिनको मत विभाजनमा सत्ता पक्ष एमालेका एक र नागरिक उन्मुक्तिका एक सदस्य अनुपस्थित हुनु भएको थियो भने सत्ता पक्षकै एक सदस्यको मत बदर भएको थियो ।

आजको बैठकमा सभामुखको भूमिकामा रहनुभएका भट्टले सभामुख चयन गर्न आवश्यक बहुमत सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराउनुभयो ।

भण्डारी सत्ता पक्ष नेकपा (माओवादी केन्द्र) का तर्फबाट र रावल नेपाली कांग्रेसका तर्फबाट सभामुखको उम्मेदवार हुनुहुन्छ । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, राप्रपाका सदस्यले मत जाहेर गर्नुभएको थियो । रावलको पक्षमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र सदस्यले मत जाहेर गर्नुभएको थियो ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा काँग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ ।

आजको बैठकको प्रारम्भमा दिइएको विशेष समयमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, माओवादी केन्द्रका रमेशसिंह धामी, एमालेका धर्मराज पाठक, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी र एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले समसामयिक विषयमा धारणा राख्नुभएको थियो । अर्को बैठक यही माघ २ गते बिहान ९ बजे बस्ने कार्यक्रम छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । आउने माघ २ गते यो अवधि पूरा हुँदैछ । रासस