८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक

पत्रकार भण्डारीको ‘सत्ता सङ्घर्ष’ सार्वजनिक
अ+ अ-

काठमाडौँ । पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)का नेत्री गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले आज यहाँ आयोजित समारोहमा पुस्तकको लोकार्पण गरे ।

कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता सङ्घर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियोे कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा वर्णन गरिएको छ ।

मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्को घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गरेका छन् ।

पुस्तकको लोकार्पण गर्दै कांग्रेस महामन्त्री थापाले राजनीतिक दलको संरचना, सदस्यता प्रणाली, आन्तरिक सत्ता, अभ्यास परिवर्तन नभएसम्म मुलुकमा राजनीतिक स्थिरताका लागि चुनौती रहिरहने बताए । उनले भने, “लोकतान्त्रिक प्रणालीमा नियमभित्र रहेर अभ्यास गर्नुपर्छ, प्रतिपक्षले प्रधानमन्त्रीलाई समर्थन गर्न नियमले मिल्दैन, यस विषयमा खुला र पारदर्शीरूपमा छलफल र बहस हुनुपर्छ, यस पटकको संसद्लाई मुलुकको समस्या समाधान गर्ने थलो बनाउन सबैबाट प्रयास हुनुपर्छ ।”

एमाले उपमहासचिव ज्ञवालीले ३० वर्षको अनुभवले सरकार, संसद् र राजनीतिक स्थायित्व मात्र नभई नीति र प्रणालीलाई स्थिर दिनेतर्फ घच्घच्याएको बताए । उनले भने, “परिवर्तनकारी शक्तिबीच न्यूनतम समझदारी नभएसम्म राजनीतिलाई नै पनि स्थायित्व दिन कठिनाई पर्ने विगतको अनुभवबाट पाठ मिलेको छ, राजनीतिलाई प्राथमिकतामा राख्दा आर्थिक, पूर्वाधार निर्माण र समृद्धिका मुद्दा पछाडि परेका हुन्, अब त्यसलाई सच्याउन पर्छ ।”

एकीकृत समाजवादीका नेत्री शाहले पत्रकार भण्डारीले आफैँ साक्षी रहेर देखेको, भोगको, सुनेको र अनुभव गरेको मुलुकका प्रमुख राजनीतिक घटनासम्बन्धी विषयवस्तु समेटिएको राजनीतिक इतिहास पुस्तकको अध्ययनबाट अतितको सम्झना, वर्तमानको सिकाइ र भविष्यका लागि हौसला प्रदान गर्ने सन्दर्भ सामग्री रहेको बताइन् ।

विश्लेषक शर्माले इतिहास सामान्य ढङ्गबाट अघि नबढ्ने हुँदा जुन कालखण्डका लागि केन्द्रीत रही पुस्तक लेखिएको हो त्यसको सत्ता सङ्घर्षमा त्यो इतिहासको झझल्को दिएको उल्लेख गरे ।

कृतिका लेखक भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार सङ्कलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तकका आधार भएको बताउनुभयो । साङ्ग्रिला मिडिया गु्रप प्रालि प्रकाशक रहेको उक्त पुस्तकको मूल्य रु छ सय ७५ छ । रासस