• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

नेपालको राजनीति तीन पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयोः सांसद थापा



file

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गर्नु भयो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २/४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको समेत स्मरण गराउनु भयो ।

महामन्त्री थापाले आफ्नो दलमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो अकन्टक नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने धारणा समेत राख्नु भयो । उहाँले भन्नु भयो, ‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो । कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आईतबार फलानोले झुकाउन भएको थियो । सोमबार अर्कोले ठहरै पार्नु भयो । अहिले तपाईहरु सबैको मनमा के छ ? कुन चाँही भूतपूर्वले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याई राखेको होला । अस्ती सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले ।

तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडा भित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लव जस्तो । मैले अस्ती निर्वाचनको बेलामा भनेको थिए–मलाई निर्वाचित गराएर पठाउनु भयो भने कम्तिमा तीन वटा प्रधानमन्त्रीहरुको खेलको बीचमा ३/४ दिन भएपनि सकूला, नसकूला मेरो ठाउँमा छ । तर म तीन जना पूर्वप्रधानमन्त्रीहरु बीचको भएको खेल, झेल वा यो कुराहरुभन्दा फरक प्रसंगमा २/४ दिन भएपनि मुलुकलाई डोहोर्याउने प्रयास गर्छु ।

तपाईले याद गर्नु भयो भने मंसीर ४ गतेदेखि यहाँसम्म आईपुग्दा त्यही २/३ दिन भयो होला, जतिखेर नेपाली काँग्रेस संसदीय दलको निर्वाचन भयो । त्यो बेला अरु विषयमा कुराकानी भयो होला । त्यो भन्दा बाहिर मंसीर ४ गतेबाट यहाँसम्म आईपुग्दा कुन चाँही भूतपूर्व प्रधानमन्त्रीले कुन चाँही भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्नु भयो भन्ने बाहेक हामीले पढेको, सुनेको, बझाएको समाचार सुन्नै परेन । हामी यहाँसम्म आईपुग्यौं ।’

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राख्नु भयो ।