२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखिएर घामको झुल्का बटौलीबजारमा… फोटो फिचर



अ+ अ-

काठमाडौं । बुटवल बजारबाट करिब १० किलोमिटर टाढा पाल्पा जिल्लामा पर्ने नुवाकोट, बुटवलको उखरमाउलो गर्मी तथा मुटु नै कमाउने जाडो छल्ने सबैभन्दा नजिकको र सबैभन्दा उत्तम थलो हो भन्दा फरक नपर्ला ।

बुटवलको टन्टलापुरे गर्मीमा चिसो बतास मात्र नभई बाक्लो हस्सुमा रुमलिएको फुसफुसे पानी अनि महिनौँ घाम नदेख्दाको मुटु कमाउने जाडोमा पनि पारिलो घामले सेक्ने ठाउँ हो नुवाकोट ।

करिब १५० मिटर उचाइमा रहेको बुटवलको मौसम सारथिको रुपमा समुन्द्री सतहबाट करिब ९०० मिटरको उचाइमा रहेको नुवाकोट पुगेर बुटवल बजारको मनमोहक दृश्य देख्न सकिन्छ ।

बुटवलको शान्ति चोक (बेलबास र झोलुङ्गे पुलको बीच) बाट गाडी तथा बाइकमा करिब २५ मिनेटको उकालोमा सजिलै नुवाकोट पुग्न सकिन्छ । बाटो पूर्णरुपमा ग्राभेल गरिसकेकाले जुनसुकै मौसममा यहाँ जान सकिन्छ।

बास बस्न तथा खानको लागि प्रशस्त मात्रामा होटल रेस्टुरेन्टको व्यवस्था रहेको छ । माथि नुवाकोट पुग्न समय नहुनेहरु बुटवलबाट करिब दुई किलोमिटर माथि सम्ममात्र जाँदा पनि बुटवल भ्यु प्वाइन्ट पुग्न सकिन्छ र त्यहाँबाट बुटवलको पानारोमिक दृश्य देख्न सकिन्छ ।

यस यात्रामा बँदेलपोखरीको सेकुवा र नुवाकोटको लोकल परिकारहरु पनि छुटाउनै नहुने कुरा हुन् । बुटवलबाट उकालो लाग्नासाथ सम्पूर्ण यात्राभर बुटवलको फरक फरक रुप देख्न सकिने र छोटो समयमा यात्रा सम्पन्न गर्न सकिने हुनाले पनि यो बुटवल नजिकको उत्कृष्ट गन्तव्य हो ।