८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?

राष्ट्रियसभामा कुन दलका सांसदले के भने ?
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै सांसदले मुलुकको समसामयिक तथा जनसरोकारका विषयमा बोल्दै सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मुलुकमा सुशासन र समृद्धिको मुद्दालाई सशक्त ढङ्गले अघि बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) खिमलाल देवकोटाले स्थानीय निकायलाई सबल बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । स्थानीय तहमा विनियोजन भएका रू २२ अर्ब लगानीका आयोजना मन्त्रिपरिषद्को निर्णयले सङ्घीय सरकारबाटै कार्यान्वयन हुनेगरी फिर्ता ल्याइएकोमा आपत्ति जनाउनुभयो ।

सांसद देवकोटाले भन्नुभयो, “चालु बजेट वक्तव्यमा खानेपानी, पर्यटन, सहरी विकास, सडक र नदी नियन्त्रणका रु ५० लाखदेखि पाँच करोडका योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको थियो तर, मन्त्रिपरिषद्को निर्णयले केन्द्रमा फिर्ता ल्याइयो । यो सार्वभौसम संसद्ले अनुमोदन गरेको विषय फिर्ता गर्न मिल्दैन । यो निर्णय तत्काले सच्याउन माग गर्दछु ।”

सांसद उदयबहादुर बोहराले वर्तमान सरकारलाई समर्थन जनाउनु पार्टीको कुनै स्वार्थ नरहेको स्पष्ट पार्दै सरकारको न्यूनतम साझा कार्यक्रम सफलरुपका कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)का भगवती न्यौपाने लोकतन्त्रको पाठ सिकाउने पार्टीले संसदीय व्यवस्थाको उपहास गरेको आरोप लगाउनुभयो ।

एमालेकै विमला घिमिरेले सरकारले न्यूनतम साझा कार्यक्रममा अघि सारेका, सुशासन, आर्थिक विकासलगायतका एजेण्डालाई सरकार, राष्ट्रसेवक कर्मचारी र राजनीतिक दलहरुको सामूहिक प्रयासबाट सफल पार्नुपर्ने बताउनुभयो ।

सरकारलाई समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले विद्यार्थीलाई समयै पाठ्यपुस्तक उपलब्ध गराउने र किसानलाई बीउ मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस