• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीइ समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो

मधेसका मुख्यमन्त्री यादवले शपथ लिँदै



फाईल फोटो

धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मन्त्रालय भागवण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् । अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल सङ्घीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गर्नुभएको छ । यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैन ।