• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?

एकताका लागि जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच एकता वार्ता हुने भएको छ । एकताका लागि दुवै पक्षले गठन गरेको कार्यदलबीच वार्ता हुन लागेको हो ।

कार्यदलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालसहित नेताहरु विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । त्यस्तै जसपाबाट नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी कार्यदलमा हुनुहुन्छ ।

एकीकृत समाजवादी नेकपा (एमाले) बाट अलग भएर माधव नेपाल नेतृत्वमा गठन भएको हो । गत मंसिर ४ को संसदीय निर्वाचनमा प्रतिनिधिसभामा एकीकृत समाजवादीले १० सिट हासिल गरेको थियो । यद्यपि उसले थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ १२ सिट ल्याएको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट ल्याएको छ ।

दुवै पार्टीबीच एकता भए नयाँ बन्ने पार्टीमा कुल २२ सांसद हुनेछन् र प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नेछ ।