२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताका लागि जसपा र एकीकृत समाजवादीबीच वार्ता हुँदै



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) बीच एकता वार्ता हुने भएको छ । एकताका लागि दुवै पक्षले गठन गरेको कार्यदलबीच वार्ता हुन लागेको हो ।

कार्यदलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालसहित नेताहरु विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । त्यस्तै जसपाबाट नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी कार्यदलमा हुनुहुन्छ ।

एकीकृत समाजवादी नेकपा (एमाले) बाट अलग भएर माधव नेपाल नेतृत्वमा गठन भएको हो । गत मंसिर ४ को संसदीय निर्वाचनमा प्रतिनिधिसभामा एकीकृत समाजवादीले १० सिट हासिल गरेको थियो । यद्यपि उसले थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको मान्यता पाउन सकेन ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ १२ सिट ल्याएको छ । उसले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट ल्याएको छ ।

दुवै पार्टीबीच एकता भए नयाँ बन्ने पार्टीमा कुल २२ सांसद हुनेछन् र प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नेछ ।