२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

विश्वासको मत जाहेर गरिसके पछि अब के आधारमा प्रतिपक्ष ?

विश्वासको मत जाहेर गरिसके पछि अब के आधारमा प्रतिपक्ष  ?
प्रतिनिधिसभाको मङगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
अ+ अ-

बारम्बार नेपाली कांग्रेसको विश्वास माथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कांग्रेसले लत्रिएर विश्वासको मत दिनु भनेको कांग्रेसले सत्ताको आगाडि शिर झुकाउनु र लोकतान्त्रिक मूल्यमान्यताको अवमूल्यन गर्नु हो।

कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैंले प्रतिगामीका मतियार भनेका केपी ओलीसँग घाँटी जोडेर कुर्चिको लागि सबै कुरालाई तिलाञ्जली दिने प्रचण्डको छेपारो प्रवृत्तिलाई सजाय दिनुको साटो झन मलजल गर्ने कुरा कांग्रेसका कार्यकर्ताको भावना विपरीत छ।

जुन सरकार कांग्रेसकै बिरुद्ध अस्वाभाविक, अनैतिक र आश्चर्यजनक रुपमा रातारात माले, मसाले, मण्डले र घण्टीसण्टि मिलेर बनेको छ त्यही सरकारलाई विश्वासको मत दिनु भनेको अपराधीलाई पुरस्कार दिए जस्तो हो।

जसले विश्वासघात गर्यो उसैलाई विश्वासको मत दिनु लाचारी र आत्मसमर्पण जस्तै हो। केही व्यक्तिहरुको निहीत सत्ता स्वार्थको लागि कांग्रेसको इतिहास समाप्त पार्न खोज्ने यो फोहोरी राजनीति खेदजनक छ। वर्तमानमा कांग्रेसले सरकारतिर फर्किएर र्याल चुहाउने भन्दा पनि गाउँतिर फर्किएर जनताको सुख दु:खमा साथ दिनु पर्छ।

वास्तवमा नेपाली कांग्रेसका लागि सशक्त प्रतिपक्षको भूमिका नै आजको वास्तविकता हो। तर सरकारालाई विश्वासको मत दिनु भनेको यो सरकार ठीक छ भनेर पक्ष लिनु हो। प्रतिपक्ष भनेको सरकार प्रति हामो विश्वास छैन भनेर खबरदारी गर्नु हो। तर यहाँ हास्यास्पद रुपमा यो सरकार ठीक छ भनेर विश्वासको मत जाहेर गरिसके पछि अब के आधारमा प्रतिपक्ष भन्न मिल्छ ?

-शाही नेपाली कांग्रेसका नेता हुनुहुन्छ ।