१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो बिचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन- गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले सत्तारुढ राजनीतिक दलहरुका बिचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने बताउनुभयो ।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उहाँले स्पष्ट पार्नुभयो । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गरी आ–आफ्नो मत प्रकट गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन हाम्रो बिचमा कुराकानी मिलेर बन्यो । हाम्रो बिचमा कुराकानी मिलिरहे गठबन्धन चलिराख्छ । हाम्रो बिचमा कुराकानी मिलेन भने गठबन्धन चल्दैन । कुराकानी मिलेन भने चल्दैन । कुराकानी पनि नमिल्ने गठबन्धन पनि चलिराख्छ भन्ने कुरा हुँदैन । हामी फरक– फरक राजनीतिक दलहरु हौँ । हामी फरक–फरक दलहरु भएको कारणले गर्दाखेरी हाम्रो बिचमा गठबन्धन हुनका लागि त केही कुराहरुमा कुराकानी मिल्नुपर्छ ।

न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ । आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दसौँ वर्ष लागेर यहाँसम्म आइसकेपछाडी यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ भन्नेकुरा गरिरहदै गर्दा एक ठाउँमा उभिन सक्दैनौँ यसमा भनेदेखि भने हामीले प्रष्ट भनेका छौँ टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’