४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै सात दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई दिएको बुधबार ४ बजेभित्रको समयसीमा अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो ।

एमाले संसदीय दलका नेतासमेत रहेका गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि हुन् ।

गिरी नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् । उनको शपथ बिहीबार हुने बताइएको छ ।