• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेश: आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका लिला गिरी



लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्दै हुनुहुन्छ ।

आज अपराह्न ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख अमिक शेरचनले समय दिनुभएको छ । सोही समयभित्र गिरीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र प्रदेशसभा सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलका प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठन हुन लागेको हो । प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ गरी कूल ५५ सदस्यको समर्थनमा सरकार बन्न लागेको हो ।

कूल ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ४४ सदस्यसहितको बहुमत चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनमा एमालेलाई पूरा ५ वर्ष मुख्यमन्त्री दिने सहमति भएको छ । तर प्रदेश माओवादी केन्द्रले केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ । माओवादी केन्द्रले आधा–आधा कार्यकाल एमाले र माओवादी केन्द्रले सत्ता सञ्चालन गर्नुपर्ने बताउँदै आएको थियो ।