२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन् । किर्तिपुर टियु मैदानमा आज बुधबार हुने फाइनल खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।

समूह चरण बिजेता भएको लुम्बिनी पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो।

यस्तै, समूह चरणमा तेस्रो स्थानमा रहेको विराटनगरले ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध खेलेका दुई खेलमा दुवै खेल लुम्बिनीले जितेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।