११ श्रावण २०८३, सोमबार
,
Latest
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव परराष्ट्र मन्त्रालयको गतिविधिले कुटनीतिक इतिहास लेख्न गाह्रो भयोः इतिहासविद् पोखरेल माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता देवानगञ्ज घटनाको मानव अधिकार आयोगले अनुसन्धान गर्ने नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ व्यावसायिक योजना बिना बनेका विमानस्थलमा करोडौँ लगानी, चार विमानस्थल वर्षौँदेखि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन् । किर्तिपुर टियु मैदानमा आज बुधबार हुने फाइनल खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् ।

समूह चरण बिजेता भएको लुम्बिनी पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनल पुगेको थियो।

यस्तै, समूह चरणमा तेस्रो स्थानमा रहेको विराटनगरले ईलिमिनेटरमा काठमाडौं नाईट्स तथा दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरि फाइनलमा स्थान बनाएको हो ।

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध खेलेका दुई खेलमा दुवै खेल लुम्बिनीले जितेको छ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।