२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु: मुख्यमन्त्री अधिकारी



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका विषयमा प्रधानमन्त्रीलाई भेटेरै कुरा राख्ने उल्लेख गर्नुभयो ।

“अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौँ, कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “जसरी उल्लासका साथ विमानस्थलको उद्घाटन ग¥र्यौँ, त्यसरी नै नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।”

सामाजिक उत्थानका रुपान्तरणकारी परियोजना सञ्चालन गरेर गण्डकी प्रदेशलाई समुन्नत बनाउनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मात्र नभएर सामाजिक विकासलाई आफूले प्राथमिकता राख्ने बताउनुभयो ।

उहाँले पोखरालाई विश्वकै आकर्षक गन्तव्यस्थलका रुपमा विकास गर्न महानगरसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो ।