• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो ★   समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत देखिँदैनः गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् ।

संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा दुईपटक भएको संसद विघटनको विषयले नै सत्ता गठबन्धनमा बेमेल हुने दाबी गरे ।

आजको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले संसद विघटन सोह्रै आना सही हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई अफ्ठ्यारोमा पारेको थापाको भनाई छ ।

थापाले भने ‘संसदभित्र ध्यान दिएर हेरिरहेको छु । ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभयो । संसद विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो । यो सामान्य कुरा लागे पनि यही कारणले बेमेल हुन सक्छ ।’ यस्तै, थापाले कांग्रेसले भोलि प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मत हाल्ने बताए ।