९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत देखिँदैनः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले सत्ता गठबन्धन धेरै लामो समयसम्म जाने संकेत नदेखिएको बताएका छन् ।

संसद बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा दुईपटक भएको संसद विघटनको विषयले नै सत्ता गठबन्धनमा बेमेल हुने दाबी गरे ।

आजको बैठकमा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले संसद विघटन सोह्रै आना सही हो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई अफ्ठ्यारोमा पारेको थापाको भनाई छ ।

थापाले भने ‘संसदभित्र ध्यान दिएर हेरिरहेको छु । ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभयो । संसद विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो । यो सामान्य कुरा लागे पनि यही कारणले बेमेल हुन सक्छ ।’ यस्तै, थापाले कांग्रेसले भोलि प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मत हाल्ने बताए ।