• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसहित ३ मन्त्रीले शपथ लिने



विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । उहाँसँगै ३ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।

केन्द्रमा नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ मा नेकपा (एमाले) लाई सम्पूर्ण कार्यकाल मुख्यमन्त्री बनाउने सहमति गरपछि असन्तुष्ट बनेको प्रदेशको माओवादी केन्द्रले तत्काल सरकारमा नजाने स्पष्ट गरेको छ ।

आज माओवादी केन्द्रबिनै ३ मन्त्रीले सपथ लिनुहुने जनाएको छ । एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्ति सिटौला र जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बूले सपथ लिनुहुनेछ । मन्त्रीहरुको मन्त्रालयल अहिलेलाई नतोकिएको बताइएको छ ।