२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले कुनै एक राजनीतिक दललाई मात्र विश्वास गर्न सकेनन्: राजेन्द्र लिङ्देन



file
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा राप्रपा जनादेशबमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहका आधारमा दृढताका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उहाँले हामी कसैले पनि म मात्र अगाडि बढ्छु भन्ने अवस्था नरहेको बताउनुभयो ।

जनताले कुनै एक राजनीतिक दलामाथि मात्र विश्वास गर्न नसकेको अहिलेको जनादेशले देखाएको भन्दै उहाँले एक्लै र एउटै विचारले नसक्ने भएकाले सबै राजनीतिक दल र विचारलाई मिलाएर जान सक्छौँ भन्ने जनादेश प्राप्त भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले मुलुकको अर्थतन्त्र ओरालो लागेको, बेरोजगारी बढेको, मल र बीउको अभाव भएको र विकास निर्माण सुस्त तथा ठप्प भएको समस्याको चाङमा हामी आएको उल्लेख गर्नुभयो ।

उहाँले विचारभन्दा माथि देश रहेको र देशभन्दा माथि केही नरहेको उल्लेख गर्दै भन्नुभयो, “देशलाई शीरमा राखेर मुलकुका समस्यालाई सामूहिकरुपमा समाधान गर्न अग्रसर हुन सकौँ ।”

 तस्बिरः रत्न श्रेष्ठ-रासस