२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना माहामारी बीच साउने सोमबार पशुपतिमा जे देखियो (भिडियो सहित)



अ+ अ-

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमवार आराध्यदेव पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिती छ । 

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरु शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर पशुपतिनाथ पुगेका थिए । मूल मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन् । तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् । 

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ । त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् । कतिपयले त मास्क समेत नलगाएको देख्न सकिन्छ । 

सूर्य मिथुन राशि भएर कर्कट राशीमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजनहरु महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । यसो गरेमा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।