२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रश्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताउनु भयो ।

उहाँले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्युनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको बताउनु भयो । साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संसदीय दलको बैठक सिंहदरबारमा बस्यो । हामीले विशेष गरी सरकारले प्रश्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रम हाम्रो छलफल भयो । पार्टीका तर्फबाट महामन्त्री मुकुल ढकाल जो न्युनतम साझा कार्यक्रमको समितिमा सदस्य हुनुहुन्थ्यो । त्यसमा बनाउँदा के भयो भन्ने छलफल भयो ।

हाम्रा मुद्दा स्थापित भएका छन् त्यसको बारेमा छलफल भयो, गृह जिल्लामा सांसदहरुको अवस्था जनताको के छ भन्ने बारेमा छलफल भयो । भोलि १० बजे पुनः संसदीय दलको बैठक बस्नेछ । सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने कुरा भयो ।’

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने बताउनु भयो ।