१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने इन्पेक्टरमाथि छानबिन सुरू



अ+ अ-

काठमाडौँ । काठमाडौँको शंखरापुरमा स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि छानबिन थालिएको छ ।

प्रहरी वृत्त बौद्धमा कार्यरत इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरू गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पुस २० गते बुधबार शंखरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा नेपाल विद्युत प्राधिकरणले सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । त्‍यसक्रममा बौद्धबाट थप मद्दतको लागि इन्सपेक्टर बुढाथोकीको कमान्डमा टोली खटिएको थियो ।

त्यसक्रममा बुढाथोकीले गैर व्यवसायिक काम गरेको भन्दै उनलाई परिसर झिकाएको हो । उनले भीड नियन्त्रण गर्न स्थानीयमाथि पेस्तोल ताकेर ‘हान्दिने’ धम्की समेत दिएका थिए ।