७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल



अ+ अ-

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन हुनु भएको छ ।

पौष २१ गते बसेको १३ औं वार्षिक साधारण सभाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । सभाले आगामी चार बर्षको कार्यकालका लागि संचालक सदस्यमा उत्तम कुमार नेपाल , कल्याण गुरुङ्ग ,दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गर्नु भएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।