• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोलि सार्वजनिक गरिने



काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । अर्थमन्त्रालयमा बसेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रममलाई पूर्णता दिएको हो ।

भोलि कार्यदलले शीर्ष नेताहरुलाई साझा कार्यक्रम बुझाइने र भोलि नै सार्वजनिक हुने तयारी छ । सरकारले गठबन्धनमा सहभागी दलबीच सहमतिका आधारमा साझा कार्यक्रममा आर्थिक समृद्धि र विकासलाई जोड दिएको छ ।

साझा कार्यक्रम सरकारका लक्ष्यहरू किटान गर्ने र अघिल्लो सरकारले असन्तुलित बनाएको विदेश नीतिलाई सन्तुलित बनाउँदै छिमेकी तथा विकास साझेदारहरूको विश्वास आर्जन गर्न केन्द्रित हुने बताइएको छ ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।