८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको तिलामा अटोरिक्सा दुर्घटना, दुईको मृत्यु



अ+ अ-

जुम्लाः जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क १ स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

सार्कीको घटनास्थलमै मृत्यु भएको छ । थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको अटोरिक्सा तिला–३ त्रिवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मृतक दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।