६ श्रावण २०८३, बुधबार
,
Latest
हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

केप भर्डको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण



अ+ अ-

काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला विश्व फुटबलका लेजेण्ड पेलेको नाममा नामाकरण गरेको छ ।

केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला ‘स्टाडियो नेसनल डी काबो भर्ड’ को नाम पेलेको नाममा नामाकरण गरिएको बताएका छन् । नामाकरणपछि उक्त रंगशालाको नाम ‘पेले स्टेडियम’ राखिएको छ ।

१५ हजार दर्शक क्षमताको उक्त रंगशाला केप भर्डको राजधानी प्राइया नजिकै रहेको छ ।

फिफा अध्यक्ष जियानी इनफान्टिनोले हरेक देशले पेलेको स्मृतिमा एक रंगशालाको नाम पेलेको नाममा राख्नु पर्ने धारणा व्यब्त गरेका थिए ।

विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन फुटबलर पेलेको ८२ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो ।

उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका थिए । तीन पटक विश्वकप उपाधि जित्ने पेले एकमात्र खेलाडी समेत हुन् ।

सन् २००० मा पेलेलाई फिफा प्लेयर अफ द सेन्चुरी घोषणा गरिएको थियो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

पेलेले आफ्नो २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।




भर्खरै