• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

कर्णाली प्रदेश: सात दिनभित्र सरकार गठन गर्न आह्वान



सुर्खेत । कर्णाली प्रदेशप्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । उहाँले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियक्तिका लागि आह्वान गर्नुभएको हो ।

कर्णाली प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ ।

उक्त उपधाराबमोजिम प्रदेशसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार गठन हुनेछ ।

कर्णाली प्रदेशमा ४० प्रदेशसभा सदस्य रहेका छन् । यस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र गरी एकरएक जना सदस्य रहेका छन् ।