• २४ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 6 2024
  •   Unicode
Logo
Latest
★   मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै ★   प्रतिनिधिसभा बैठक बस्दै, के छन् आजको कार्यसूची ? ★   गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी ★   मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने ! ★   मधेशमा नयाँ सरकार गठन गर्न आह्वान, शुक्रबारसम्मकाे समयसीमा ★   आयरल्याण्डमाथि भारतको सहज जित, रोहितको अर्धशतक ★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

कर्णाली प्रदेश: सात दिनभित्र सरकार गठन गर्न आह्वान



सुर्खेत । कर्णाली प्रदेशप्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । उहाँले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियक्तिका लागि आह्वान गर्नुभएको हो ।

कर्णाली प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ ।

उक्त उपधाराबमोजिम प्रदेशसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार गठन हुनेछ ।

कर्णाली प्रदेशमा ४० प्रदेशसभा सदस्य रहेका छन् । यस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र गरी एकरएक जना सदस्य रहेका छन् ।