२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकास्थित नेपाली राजदूतावासको काम: कर्मचारी पैसा हराउने सेवाग्राहीले तिर्नुपर्ने



अ+ अ-

न्यूयोर्कं । अमेरिकास्थित नेपाली राजदूतावासले हराएको मनी अर्डरको विषयमा सेवाग्राहीहरुलाई अनावश्यक दबाब र झन्झट दिइरहेको सेवाग्राहीहरुले बताएका छन् ।

पुसको पहिलो साता टेक्सासको डलास, अस्टिन र ह्युस्टनमा नेपाली राजदूतावासको घुम्ती टोलीका रुपमा कन्सुलर सेवा दिएको थियो ।

म्याद सकिएको वा हराएको पासपोर्ट र एनआरएन कार्डका लागि टोलीले डलास, अस्टिन हुँदै ह्युस्टनको शिविर सकेर डिसी फर्किने क्रममा राजस्वका रुपमा संकलन गरिएको मनी अर्डर र क्यासियर चेक बाटोमा लुटिएको राजदूतावासले बताएको छ ।

दूतावासले मनी अर्डर र क्यासियर चेक लुटिएपछि सेवाग्राहीलाई इमेलमार्फत बुझाइएको मनी अर्डर र चेक रद्द गर्न आग्रह गरेको छ ।

सेवाग्राहीहरुले मनी अर्डर बनाइएको स्थान, समय र व्यक्तिका बारेमा पठाउन भनिएको विवरणहरु पठाइसकिएपछि पनि पटकपटक इमेल र फोन गर्दै आफूहरुलाई अनावश्यक दबाब र दुःख दिइरहेको बताएका छन् ।

एक सेवाग्राहीका अनुसार मनी अर्डर रद्द गर्न ३० डलर जरिवाना तिर्नुपर्ने र त्यसलाई पुनः आवश्यक दस्तुर तिरेर अर्को मनी अर्डर बनाई दूतावासको ठेगानामा पठाउँदा सेवाग्राहीले पुनः ५० डलर भार बेहोर्न पर्ने हुन्छ ।

उनले सेवाग्राहीलाई पर्न जाने आर्थिक भार र झन्झटबारे दूतावासले कुनै चासो नदेखाएको बताएका छन् ।

उनले भने, “राजस्वको रुपमा संकलन गरिएको मनी अर्डर दूतावासका कर्मचारीले बेनामी बुझिलिएका थिए, नेपाली दूतावास वा नेपाल सरकार कुन एक निकायको नाम उल्लेख गरेर संकलन गरिनुपर्ने राजस्वबापतको त्यो मनी अर्डर बिना नाम नै संकलन गरिएको हुँदा राजस्वको क्षति हुनसक्ने देखिएको छ ।”

उनका अनुसार कर्मचारीले गरेको लापरवाही र गल्तीको भार पुनः सेवाग्राहीमा थोपर्न दूतावासले दिएको दबाबले सेवाग्राही रुष्ट भएका छन् ।

यसअघि दूतावासले एक सूचना जारी गर्दै कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा पेश गरेको मनी अर्डर वा क्यासियर चेक रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल रद्द गर्न अनुरोध गरेको छ ।

सूचनामा मनी अर्डर वा क्यासियर चेक रद्द गरेपश्चात पुनः दूतावासको नाममा नयाँ मनी अर्डर वा क्यासियर चेक बनाई पठाइदिन अनुरोध गरिएको छ ।